कोभिड -१९ विरुद्ध खोप कार्यक्रम प्रगति र आगामी कार्यनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७८ पौष २७ गते १८: २० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।कोबिड-१९ विरुद्ध खोप कार्यक्रम प्रगति र आगामी कार्यनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
मंगलबार सन्धिखर्क स्थित द ओल्ड एभरेस्ट होटल  मा सरोकार बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ अन्तरक्रिया कार्यक्रम मा  जिल्ला तथा स्थानीय स्तरमा हाल सम्म कोबिड-१९ विरुद्धको खोप अभियान प्रगति संचालन प्रक्रिया ,जिल्ला तथा स्थानीय स्तरमा आगामी कोबिड-१९ विरुद्धको खोप अभियान रणनीति ,कोबिड -१९ विरुद्धको खोप अभियान तथा पुर्ण खोप सुनिश्चितता गर्न जिल्लामा कार्यरत सरोकारवाला हरुको भुमिकाको बारेमा छलफल गरि कार्ययोजना बनाउने बारेमा महत्त्वपूर्ण छलफल भएको थियो 
 
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल को प्रमु आतिथ्यता मा सम्पन्न कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा,ईश्वरिबकस गुल्म का गुल्मपति आदित्य शिलवाल,शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन ,प्रमुख अनुसंधान अधिकृत सन्तोष बस्नेत, शिक्षा इकाई तथा समन्वय प्रमुख मनिराम पराजुली समन्वय अधिकृत सृजना भुसाल , स्वास्थ कार्यालय का खोपअधिकृत राम प्रसाद गौतम ,खोप सुपरभाइजर राजाराम आचार्य कोबिड-१९ फोकल प्रसन बिजय बिक रेड्क्रस सभापति कुशल भुसाल सुआहारा कार्यक्रम निर्देशक कृष्ण प्रसाद पौडेल पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल लगायत को उपस्थित रहेको थियो।
  
स्वास्थ कार्यलय अर्घाखाँचीको आयोजना USAID सुआहारा को सहकार्य मा  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे को अध्यक्षता खोप सुपरभाइजर राजाराम आचार्य को स्वागत खोप अधिकृत राम प्रसाद गौतमको प्रीजनटेशन तथा कोबिड-१९ फोकलप्रशन बिजय बिकको संचालन मा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्