पाल्पा को तानसेन बाट सन्धिखर्क आउँदै गरेको जिप पाणिनीको पोखराथोक चिसापानीमा दुर्घटना :१३ जना घाइते

| २०७८ पौष ३० गते १५: १८ मा प्रकाशित

माधब पौडेल ,अर्घाखाँची।पाल्पा को तानसेन बाट अर्घाखाँची को सन्धिखर्क को लागि छुटेको लु १ ज १९१६ नम्बर को जीप अर्घाखाँची को पाणिनी गाउँपालिका  पोखराथोक को  चिसापानी भन्ने ठाउँ मा आज बिहान करिब १० बजे को समयमा दुर्घटना भएको छ ।

गाडी मा महिला पुरुष गरी १७ जना सवार थिए जस् मध्ये १३ जना घाइते लाई उपचार को लागि स्थानीय स्वास्थ्य चौकी मा लागिएको थियो पुन त्या बाट पनि१० जना लाई उपचार को लागि पाल्पा को मिशन हस्पिटल मा लागिएको र एक जना को अवस्था गम्भीर रहेको छ ।

गाडी ओरालो मा चिप्लिएर दुर्घटना भएको चालक को भनाई छ ।गाडी सडक देखि ३० मीटर तल झरेको छ ।

प्रतिक्रिया दिनुहोस्