अर्घाखाँचीमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टी: ७८ उपचाररत

| २०७८ माघ ४ गते १९: ५८ मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची।अर्घाखाँचीमा मंगलवार थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ८ जना, भुमिकास्थान नगरपालीकामा २ जना,शितगंगा नगरपालीकामा ३ जना र मालारानी गाउँपालीकामा १ जनागरी १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ५ सय ८३ पुगेको छ । जिल्लामा हालसम्म ४ हजार ४ सय १४ जनाले कोरोनालाई जितेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ७८ जना सक्रिय संक्रमित आईसोलेशनमा रकेकाछन । जसमा सन्धिखर्क नगरपालीकामा ४२ जना, भुमिकास्थान नगरपालीमा ५ जना, शितगंगाा नगरपालीकामा १३ जना, मालारानी गाउँपालीकामा २ जना,पाणिनी गाउँपालीकामा १५ जना र छत्रदेव गाउँपालीकामा १ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ९१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्