जिल्ला अनुगमन समिति अर्घाखाँची को बैठक सम्पन्न

| २०७८ माघ ५ गते १९: ३५ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।जिल्ला अनुगमन समिति अर्घाखाँची को बैठक सम्पन्न भएको छ।जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख पिताम्बर शर्मा भुसाल को कार्यकक्ष मा सम्पन्न बैठकले जिल्ला को बिकाश निर्माण लागायत का  बिषयमा महत्त्वपूर्ण निर्णय गरेको छ।

बैठकले  संघ र प्रदेश  सरकार बाट संचालन भएका आयोजना हरु नेपाल सरकारले तोकेको न्युनतम शर्त हरु पालना गर्नु पर्ने र आयोजना संचालन भएका वा हुने स्थानीय तह हरु संग अनिवार्य रूपमा आबश्यक समन्वय गरि योजना हरुको नियमानुसार गर्ने गराउने ,अर्घाखाँची जिल्ला भित्र संघ र प्रदेश सरकार बाट संचालन हुने सडक आयोजना हरुको सन्दर्भमा सडक निर्माणका क्रममा प्रयोग हुने सामाग्री( गिट्टी ग्राबेल बालुवा माटो ) सोही खण्ड एरिया बाट प्रयोग गर्ने ब्याबस्था मिलाउने र सो सन्दर्भमा सार्बजनिक सडक ऎन  २०३१ को संशोधन ऎन २०६६ को दफा १७ र ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा ब्याबस्थापन सम्बन्धि मापदण्ड २०७७ को दफा १२ मा भएको ब्याबस्था बमोजिम सोही आयोजना मा मात्र निर्माण सामाग्री ढुङ्गा गिट्टी बालुवा माटो प्रयोग गर्ने गरि उक्त योजना संचालन का लागी आबस्यक पर्ने मेसिन स्थापना गरि योजना संचालन गर्न सम्बन्धित सबै पालिका हरु लाई कार्यन्यवन गर्न को लागी पठाउने निर्णय गरेको छ।
 
जिल्ला समन्वय प्रमुख पिताम्बर शर्मा भुसालको  अध्यक्षता मा सम्पन्न बैठक मा स्थानीय निकायका प्रमुख ,अध्यक्ष ,उपप्रमुख , प्रमुख जिल्ला अधिकारी प्रमुख प्रशासकीय अधिकृत , जिल्ला स्थित शुरक्षा निकायका प्रमुख सालझन्डी ढोरपाटन सडक ,सडक पुर्बाधार कार्यलयका प्रमुख  तथा नेपाल पत्रकार महासंघ को उपस्थित रहेको बैठक को संचालन निमित्त जिल्ला  समन्वय अधिकारी सृजना भुसालले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्