अर्घाखाँचीमा १७ मिनटमा विवाह सम्पन्न

| २०७८ माघ ६ गते १९: २५ मा प्रकाशित

हिम लेकाली,अर्घाखाँची । कविर उपाशक समाज ,नेपाल अर्घाखाँचीले एक कार्यक्रम बिच प्रगतिशील दाईजाे रहित विवाह सम्पन्न गरेकाे छ ।

सन्धिखर्क नगरपालिका ११ डिभर्ना स्थित पिता  बिशु के.सि.  र माता कमला के.सि.कि कान्छि सुपुत्री बधु रेखा के.सि.र बारबर्दिया नगरपालिका ५ निवासि पिता मदन आचार्य र माता विमला आचार्य का कान्छा  पुपुत्र विपिन आचार्य  बिच विवाह सम्पन्न भएको हाे।  

बन्धु अंग्रेजी बिषयमा ब्याचलर सक्कायर अध्ययनकाे क्रममा छन् भने वर ले बर्दियामा  स्वास्थ्य क्षेत्रमा केही बर्ष देखी जागिरे हुनुहुन्छ  ।उक्त विवाहमा कुनै खर्च नहुने मन र बिचार मिल्ने आध्यात्मिक बिचारले प्रेरित शन्त रामपाल जी महाराजका शुष्य  वर वधु बिच भगवान कविर परमात्मा लाई साछि राखेर  १७ मिनटकाे आरतीमा  वर पक्षका आठ जना र बधु पक्षका परिवार मात्र जम्मा भई भगत समाजकाे  निम्न उपस्थिति मा बिबाह (रमेनी ) सम्पन्न भएको कविर उपाशक समाज का जिल्ला संयाेजक कृष्ण के.सि .ले बताउनु भएको  छ ।

उहाँले अर्घाखाँची मा याे संस्था २०७७ मा  बिधिबत दर्ता भई  आध्यात्मिक क्षेत्रमा सचेतना फैलाउन लागि परेकाे   बताउनु भयाे ।उहाँले  सबै धर्महरूकाे उद्गमस्थल बेद भएको बताउँदै   हिन्दु धर्मकाे संरक्षणकाे लागि बेद र गिताले बताएकाे भक्ती साधना अबलम्बन गर्दै  हिन्दु धर्मकाे संरक्षण सम्बर्द्धनमा लाग्नु पर्ने बताउनु भयाे ।

भगत राज काेईरालाले   कार्यक्रम  सन्चालन गर्दै धर्म देखाउने  नभएर धारणा गर्ने चिज भएको बताउँदै  बस्त्र पहिरेर , खरानी घसेर वा मठ मन्दिर गएर मात्र धार्मिक हुने नभै धर्म त असल कर्ममा पराेपकार ,सेवाभावमा रहेकाे बताउनु भयाे । उहाँले मानव शत्रु काम ,क्राेध ,लाेभ माेह ,अहंकार  भएकोले त्यसलाई त्याग्न सके मानव जुनी सुखि हुने  बताउँदै त्यस्काे लागि मानिस आध्यात्मिक  मार्गमा समाहित   हुनु पर्ने बताउनु भयाे ।

विवाह कार्यक्रममा केही बर्ष अघि दुबै  द्रिष्टि गुमाएका र भक्तिका कारण फेरि देख्न सक्ने भएको बताउने    धार्मिक तथा सामजिक ब्यक्तित्व शाेव बहादुर खत्रिले अहिले संस्था धार्मिक जागरण अभियानमा लागेकाे बताउनु भयाे , उहाँले संस्थाले अहिले जिल्ला भरि प्रशासनकाे स्वीकृति लिएर  पुस्तक सेवा प्रदान गरेकाे बताउनु भयाे ,बेद र गिता तथा हिन्दु धर्मका ग्रन्थमा आधारित गुरु  शन्त रामपाल जी महाराज बाट लिखित पुस्तक ज्ञान गंगा , गिता तिम्रो ज्ञान अमृत ,जिउने मार्ग लगायतका पुस्तक अनलाईन तथा ब्यक्ति सम्पर्क बाट निशुल्क तथा सेवार्थ  निम्न शुल्क लिएर   बितरण गरिएकाे बताउनु भयाे । उहाँले  समाजिक बिकृती बिसंगति हटाउँदै आध्यात्मिक चेतनाले भरिएको अनुशासित र सुखि  समाज निर्माण  गर्न सबै धर्म समुदाय  हातेमालाे गरेर अघिबड्नु पर्ने मा  जाेड दिनु भयाे ।

कार्यक्रम मा वर तथा बधुले समाजमा शान्ति एवं भाईचारा कायम गर्दै हिंसा रहित पवित्र समाज निर्माण  गर्न परमात्माकाे मार्गमा लागिरहने प्रतिबद्धता समेत ब्यक्त  गरेका थिए ।

समाजमा दाईजाे प्रथा उन्मुलन भईसक्दा पनि याे वा त्याे नाम मा दाईजाे दिने चलन समाजमा अझै  हटेकाे देखिन्न । अहिले छाेरि चेली विवाह गरेर पठाउँदा  टीका टाला गरेर लाखौंका झिटिझाम्टा र नगद दिने र तामझाम सहित खर्चिलाे  भाेजभतेर गर्ने चलन दाईजाे प्रथा कै अर्काे रूप हाे । तराईमा अझै पनि दाईजाे कै कारण गरिव परिवारका छाेरिहरूकाे विवाह हुन नसकेकाे समाचारहरू सुन्नमा आईरहन्छन् । यसैले समाज रूपान्तरण गर्ने हाे भने सामन्तबादि,पूजिवादि  चिन्तन चरित्रकाे अन्त्य गर्दै कविर उपासक समाजले जस्तै  यस्ता समाज रूपान्तरणका कार्य  सबैले गर्न सके सु संस्कृत समाज निर्माणकाे अभियानमा  टेवा पुग्ने देखिन्छ  ।

प्रतिक्रिया दिनुहोस्