मालारानीका १९ घर परिवार कांग्रेस छाडेर एमालेमा प्रवेश

| २०७८ माघ ८ गते १९: ०३ मा प्रकाशित

शोभाखर पन्थी,अर्घाखाँची। 
माघ ०८- नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले ५ दलिय गठबन्धन स्थानीय निकायलाई जनप्रतिनिधि बिहिन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले मालारानी-४ द्वारा खनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमाले प्रतिको जनआकर्षण देखेर ५ दलिय गठबन्धन आत्तिएको बताउनुभयो ।उहाँले बैशाखमा अनिवार्य रुपमा स्थानीय निकायको चुनाव गर्नुपर्ने कानुनी मान्यता रहेको भन्दै तत्काल चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले एक्लै सबैखाले प्रतिक्रियावादीहरु सँग भिड्न तयार रहेको भन्दै अरु पार्टीमा रहेका हजारौं  ईमान्दार कार्यकर्ता चुनाव सम्म नेकपा एमालेमा गोलबन्द हुने उहाँको दावी थियो  ।

कार्यक्रममा  नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि  सरस्वता शर्मा खनाल लगायत नेपाली कांग्रेसमा आस्था राख्ने १९ घर परिवार नेकपा एमालेमा प्रवेश गरेकाछन् । 

यसरी एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका अगुवा कार्यकर्ता महाप्रसाद पाेख्रेल, शालिकराम खनाल, प्रदिप पाेख्रेल, हुमकला खनाल, बसन्ता खनाल, सरस्वती खनाल, शारदा खनाल, प्रेमनारायण खनाल, हेमराज खनाल, डालिश्वर पाेख्रेल, खिमानन्द खनाल, पेमकला खनाल, नमकला पाेख्रेल, डिल बहादुर बि.क., विष्णु वि.क., झुपा वि.क. लगायत हुनुहुन्छ । उहाँहरु लाई पार्टी अध्यक्ष भुसालले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । उहाँले नव प्रवेशि हरुलाई उचित जिम्मेवारी दिईने समेत बताउनुभयो ।
 नेकपा एमाले मालारानी वडा नं. ४ कमिटीका अध्यक्ष  बलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य,जिल्ला कमिटी सदस्य गंगाराम खनाल,लिला बि.क. ,वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद पोख्रेल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्