कर्मचारी हरुको आधिकारिक ट्रेडयुनियन अर्घाखाँची को अध्यक्ष मा कृष्ण बर्मा निर्वाचित

| २०७८ माघ १२ गते १८: ५७ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। कर्मचारी हरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँची को अध्यक्ष मा कृष्ण बर्मा  निर्वाचित हुनु भएको छ बर्माले एक भब्य कार्यक्रम का बिच पदबहालि गर्नु भएको छ।

 नेपाल निजामती कर्मचारी युनियन का नेता समेत रहनु भएका बर्मालाई नेपाल निजामती कर्मचारी युनियनले अर्घाखाँची ले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा सिफारिस गरेको थियोे युनियनको तर्फ बाट अध्यक्ष बन्नुभएका निबर्तमान अध्यक्ष झबिन्द्र खनाल नेपाल सरकारको उपसचिव मा पदस्थापन भएपछि युनियका नेता बर्मालाई अध्यक्ष मा सिफारिस गरिएको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची का अध्यक्ष माधब अर्यालले जानकारी दिनु भयो ।

 सिबिएको कार्यलयमा आयोजना गरिएको पदभार विशेष कार्यक्रममा नि बर्तमान अध्यक्ष झबिन्द्र खनालले नब निर्वाचित अध्यक्ष कृस्न वर्मालाई पद हस्तान्तरण गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियोे कार्यक्रममा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष हरि डुम्रे सदस्य नारायण दमासे लाई स्वागत  गरिएको थियोे भने कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष माधब अर्याल लगाएतले शुभकामना ब्यक्त गरेका थिए  कार्यक्रम बिकल्प भट्टराई को सन्चालन निवर्तमान अध्यक्ष झबिन्द्र खनालको अध्यक्ष ता मा सम्पन्न भएको हो। 

युनियनले अध्यक्ष मा कृस्न वर्मा सहसचिवमा मन्जु खनाल सदस्य मा नारायण दमासेलाई सिफारिस गरेको अध्यक्ष अर्यालले जानकारी दिनु भयो सिविएको  कोषाध्यक्ष रहनु भएका बर्मा अध्यक्ष मा सिफारिस भएपछि कोषाध्यक्ष पद खालि भएको छ।भने नेपाल निजामती कर्मचारी सङ्गठन ले उपाध्यक्ष मा हरि डुम्रे सदस्य मा लालमणि खनाललाई सिफारिस गरेको थियोे उहाहरुलाई स्वागत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्