पार्टी बिस्तारलाई आक्रामक बनाउँदै एमाले : एउटै वडाका २ सय बढी भित्रीए

| २०७८ माघ २६ गते २३: ०२ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची।नेकपा एमाले अर्घाखाँचीले पार्टी प्रवेश अभियानलाई तिव्रता दिएको छ । एमालेले केन्द्रीय स्तरका नेताहरूलाई आमन्त्रण गरेर हप्तै पिच्छे अन्य पार्टीका सयौं मतदाता तथा कार्यकर्ता पार्टीमा प्रवेश गराउन थालेको छ । एमालेको आक्रामक पार्टी प्रवेश अभियान सँगै अन्य राजनीतिक दलहरू रक्षात्मक बन्दै गएका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल र चेतनारायण आचार्य, एमाले नेता रामजी प्रसाद घिमिरे तथा जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतका नेताहरू गाउँ गाउँमा पुगेर विभिन्न पार्टीका नेता तथा मतदाता सँगको छलफलमा व्यस्त हुने गरेका छन् । एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य अहिले औंसधि उपचारको निम्ति बुटवलमा रहनु भएकोले उहाँ जिल्ला फर्कना साथ विशेष योजनाका बनाई आम मतदाताको घरदैलोमा पुग्ने एमालेको तयारी छ । एमालेले आफ्नो सरकारको पालामा जिल्लामा भएका कामलाई लिएर जनताको बीचमा जाने तयारी गरेको नेकपा एमालेका नेता बसन्त श्रेष्ठले बताउनुभयो । 

यसैबीच नेकपा एमालेले शिगगंगा नगरपालिकाको एउटै वडाबाट २ सय १० जनालाई पार्टीमा प्रवेश गराएको छ । पार्टी प्रवेश गर्नेहरूमा अधिकाम्स माओवादी केन्द्र ,नेपाली कांग्रेस र नेकपा समाजवादीका कार्यकर्ता छन् । 

नेकपा एमाले शितगंगा वडा नं. ८ द्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका डिलु बुढामगर,दुलजा मगर,माओवादी  केन्द्रका भुपाल कुमाल,प्रेमबहादुर बुढामगर,लोकबहादुर बि.क.,नेकपा समाजवादीका बावुराम भट्टराई ,टानबहादुर सुनार लगात एउटै वडाका २ सय बढी व्यक्ति एमाले प्रवेश गरेका छन् । 
पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेको बिजयी अभियानलाई कुनै तागतले रोक्न नसक्ने बताउनुभयो । उहाँले  जनताको विश्वास र माया पाए सम्म देशभरका प्रतिक्रियावादी दलालहरु एकजुट भएर आए पनि नेकपा एमालेलाई हराउन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले नेकपा एमाले बाट मात्रै वर्गीय मुक्ति संभव भएको बताउनुभयो । उहाँले महिला ,दलित तथा उत्पिडित जनताको अधिकार सुनिश्चितताको निम्ति नेकपा एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज समेत रहनुभएका बिश्वकर्माले जनताको घरघरमा पुगेर चुनावको माहोल बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष दलजित सुनारको अध्यक्षता र विद्यार्थी नेता नवीन सारुको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ ,एमाले नेता रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पिताम्बर भुसाल ,शितगंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्दै सरकारको कामको आलोचना गरेका थिए । कार्यक्रममा एमाले जिल्ला सचिव तोजबहादुर रायमाझी ,उपसचिव भिम के.सी. लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्