विप्लब नेतृत्वको नेकपाद्धारा अर्घाखाँचीमा सरकारी गाडीको अनुगमन: दर्जनौँ नियन्त्रणमा

| २०७८ फागुन ७ गते २०: ५० मा प्रकाशित

अनिल नेपाली अर्घाखाँची । विप्लब नेत्तृवको नेपाल कम्युनिस्ट पाटीे अर्घाखाँचीले सरकारी कार्यालयको गाडीको अनुगमन गरेको छ।

अनुगमनका क्रममा जिल्लाको सदरमुकाम सन्धिखर्कमा विना कारण प्रशासनको अनुमति विना हिडेका मालारानी गाँउपालिकाको गाडी सन्धिखर्क नगरपालिकाको गाडी जिल्ला समन्वय समितिको गाडी लगायत ४ ओटा गाडी र ९ ओटा बाईक नियन्त्रणमा लिएको विना कारण सरकारी कार्यालयको चरम दुरुप्रयोग गर्नको लागि सचेत गराइएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीले बताए ।

विना कारण सरकारी सम्पतिको दुरुप्रयोग गरेर हिड्ने जोेकोही लाई पनि कार्यावाहीको दायरामा लिने नेकपा नेता नविन खड्का बारुदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्