काङ्ग्रेस पार्टी जनताको साथी हो : सहमहामन्त्री मुस्कान

| २०७८ फागुन ११ गते १७: ३९ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क।  नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री  बिष्णु प्रसाद खनाल `मुस्कान´ले काङ्ग्रेस पार्टी जनताको साथी भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भुमिकास्थान नगरकार्य समितिले बुधबार   नुवाकोट पोखेडाडा मा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यलाई सम्बोधन गर्दै  सह महामन्त्री मुस्कानले जनतालाई परेका पिरमर्का बुझ्ने र समस्या समाधान गर्ने गरि पार्टी अगाडि बढेको बताउनुभयो । धेरै पटक सत्तामा पुगेको कम्युनिष्ट पार्टीले फिटिक्कै विकास नगरेको बताउदै उहाँले काङ्ग्रेसले अब विकास निर्माण, रोजगारिको व्यवस्थापन गर्ने गरि काम गर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला उपसभापति बिस्नु प्रसाद भुसाल जिल्ला उपसभापति बाबुराम पौडेलले स्थानिय तहको निर्वाचनमा होमिन नेताकार्यकर्ता लाई आग्रह गर्नु भयो । कार्यक्रममा काङ्ग्रेस नेता प्रेमनारायण बेल्वासे जिल्ला सदस्य सदस्य सुर्य प्रसाद भुसाल हरि प्रसाद दमासे मालता खनाल काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे नेपाली काङ्ग्रेस प्रदेस क सभापति राजेस पन्थि प्रदेस ख सभापति हेमन्त बेल्वासे पुर्व जिल्ला सदस्य लेखनाथ पान्डे काङ्ग्रेस भुमिका स्थान नगरपालिका का पुर्व सभापति खिम कुमार श्रेष्ठ काङ्ग्रेस नेता हुम प्रसाद बन्जाडे झबिलाल बेल्वासे नेपाल तरुणदलका नगर सभापति राजकुमार श्रेष्ठ  लगाएतले मन्तब्य राखेको कार्यक्रममा काङ्ग्रेस महिला नेतृ सङ्गिता बेल्वासे प्रदेस  क सदस्य गोपाल खनाल लगाएत नगरपालिका भित्रका १० वार्डका सभापति हरु क्षेत्रीय प्रतिनिधि हरु नगरकार्य समिति का पदाधिकारी हरुको उपस्थिति रहेको कार्यक्रम नगर सभापति खडान्नद बेल्वासे को सभापति सचिव मुकुन्द खनालको सन्चालनमा सम्पन्न भएको थियोे । 

त्यस्तैनेपाली काङ्ग्रेस  भुमिका स्थान नगरकार्य समितिले स्थापना गरेको पार्टि कार्यलयको नुवाकोट हटियामा  काङ्ग्रेस सह महामन्त्री बिस्नु मुस्काले उदघाटन गर्नु भएको थियोे कार्यक्रम नगरसभापति खडान्नद बेल्वासेको सभापतित्व सचिब तारा घिमिरेको सन्चालनमा पार्टि कार्यलय उदघाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्