एसईइ परिक्षा २०७८ केन्द्राअध्यक्ष अभिमुखिकरण कार्यक्रम  तथा बैठक सम्पन्न

| २०७९ बैशाख ५ गते १७: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। एसईइ परिक्षा २०७८ केन्द्राअध्यक्ष अभिमुखिकरण कार्यक्रम  तथा बैठक सम्पन्न भएको छ।
  
जिल्ला परिक्षा समन्वय समिति  अर्घाखाँचीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बसेको बैठकमा परिक्षा समितिका सदस्यहरु ईश्वरिबक्स गुल्मका गुल्मपति सेनानी आदित्य सिलवाल, प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , सशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , प्रमुख अनुसन्धान अधिकृत धिरज बानिया , निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल, शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल परिक्षा सन्चालनाथ १७ वटा केन्दका केन्दाअध्यक्ष हरुको उपस्थित रहेको थियो ।
  
२०७९ साल बैशाख ९ गते  संचालन हुने परिक्षामा जिल्लाका  ७६ सामुदायिक बिध्यालय  ११ संस्थागत गरी कुल ८७ बिध्यालय बाट नियमित तर्फ  छात्रा  १६५८ छात्र १८६० गरि कुल ३५१८ सहभागी हुने छ्न त्यसै गरि ग्रेटवृद्धि तर्फ ६७ अयोग्यतर्फ पनि ७ जना विद्यार्थीहरु पनि परिक्षामा सहभागी हुने छन  परिक्षाथिको लागि  १७ वटा केन्द्र निर्धारण गरिएको छ ।१७ वटा केन्दमा  १७ केन्दाअध्यक्ष २३ साहायक केन्दाअध्यक्ष १८१ जना निरीक्षक ३४ सहायक कर्मचारी र ७३ जना कार्यलय सहयोगी खटाउने तयारी भएको उल्लेख गरिएको छ।
 
बैठकमा परिक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले परिक्षा लाई स्वच्छ , मर्यादित संयमित र अनुसाशासित रुपमा सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीको स्वागत तथा कार्यक्रमको प्रस्तुतिकरण बाट शुरु कार्यक्रमको संचालन लेखापाल दुर्गा बिकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्