यी हुन् जिल्ला बिपद व्यवस्थापन समिती अर्घाखाँचीको बैठकले गरेका निर्णय

| २०७९ जेठ १६ गते २१: २८ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला व्यवस्थापन समितीको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सोमबार बिहान प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बसेको बैठकले विभिन्न १४ बुँदे निर्णय गरेको हो ।

यि हुन् बैठकले गरेका निर्णय

1. बैठकमा प्रस्तुत भएको जिल्लाको मनसुनपूर्वतयारी तथाप्रतिकार्य योजना २०७९ स्वीकृत गर्ने । सो को कार्यान्वयनका लागि सबै सुरक्षा निकाय, स्थानीय तह, सरकारी संस्था तथा गैर सरकारी निकायहरु तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहने।

2. मनसुनजन्य विपद्का घटनाबाट मुख्य सडकहरु अवरुद्ध हुन नदिन गोरुसिंगे–सन्धिखर्क सडक खण्डका लागि सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुले नरपानीमा एउटा हेभी मेसिनट्यान्ड कार्ड राख्न र आवश्यकता अनुसार अन्य नीजि क्षेत्रका व्यवसायीहरुका मेसिन प्रयोग गरी तत्काल सडक सूचारु गर्न सक्ने गरी तयारी गर्ने ।

3. सालझण्डी–ढोरपाटन सडक, सडकपूर्वाधार कार्यालय र अन्यआयोजनाले आफ्नो क्षेत्राधिकारमा पर्ने सडक नियमित सूचारु रहने गरी निर्माण व्यवसायीका प्रतिनिधि नियमित सम्पर्क र उपस्थितिमा रहन अनिवार्य रुपमा व्यवस्था मिलाउने ।

4. सबै स्थानीय तहले जोखिमयुक्त बस्ती पहिचान गर्ने र विगतदेखि समेत जोखिम क्षेत्रका रुपमा पहिचान भएका क्षेत्रमा वर्षायाममा मानिसहरु बस्न नदिन उनीहरुको अस्थायी बसोवासको व्यवस्था मिलाउने ।

5. सबै स्थानीय तहले विपद्का घटनाबाट प्रभावित हुन सक्ने सम्भावित कम्तिमा २०० परिवारलाई पुग्ने खाद्यान्न सामग्री तत्काल उपलब्ध हुनसक्ने गरी आवश्यक व्यवस्था मिलाउने ।

6. सबै स्थानीय तहले गाउँ तथा नगर क्षेत्र भित्रका मुख्य सडक सूचारु राख्न निजी क्षेत्रका व्यवसायीसँग समझदारी सम्झौता गरी प्रयोग गर्न सक्ने अवस्थामा राख्ने ।

7. विपद्को समयमा हुन सक्ने घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा संचालित एम्बुलेन्सहरु मर्मत सम्भार गर्नुपर्ने भए गरी जुन सुकै अवस्थामा सेवादिन सक्ने गरी तयारी अवस्थामा राख्ने ।

8. बढी पहिरोका कारण खानेपानीमा देखिन सक्ने समस्यालाई मध्यनजर गरी विपद् लगायत पानी शुद्धिकरणका लागि आवश्यक पर्ने सामग्री सहित संघीय खानेपानी आयोजना कार्यान्वय इकाई तथा प्रदेश खानेपानी कार्यालयले आवश्यक व्यवस्था मिलाउने ।

9. मनसुनजन्य विपद्बाट कृषि तथा पशुहरुका क्षेत्रमा हुन सक्ने घटना, रोग व्याधिहरु क्षति न्यूनीकरणका लागि कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहका कृषि तथा पशु सेवा शाखाको समन्वय गरी आवश्यक सामग्री तथा औषधी सहितको पूर्वतयारी गर्ने ।

10. विपद्का सामयमा घाइते तथा अन्य सम्भावित विरामीहरुलाई आवश्यक सेवादिन सक्ने गरी जिल्ला अस्पताल, स्वास्थ्य चौकीतथा स्वास्थ्य चौकीमा आवश्यक उपकरण तथा औषधी, स्वास्थ्यकर्मी उपलब्धताको सुनिश्चित गर्ने । सो को आवश्यक समन्वय स्वास्थ्य कार्यालय अर्घाखाँचीले गर्ने ।

11. जिल्ला विपद् पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक गर्न आवश्यक पूर्वतयारी गर्न नेपाल रेडक्रस सोसाइटीका सभापतिलाई परामर्श दाताका रुपमा तोक्ने ।

12. सन्धिखर्क नगरपालिका वडा नं. १ र २ को सिमानामा रहेको बाँगीखोला र घोचेखोलाकोसँग नजिक रहेको कल्भर्टको तलमाथि नदिजन्यपदार्थ थुप्रन गई बेमौसमी वर्षातले बजार क्षेत्रमा बाढी पसेको तथा तत्काल उक्त क्षेत्रबाट नदीजन्य पदार्थ ननिकाले बाढी डुबानका कारण ठूलो क्षति हुने भनी स.न.पा. स्थानीय विपद् व्यवस्थापन समितिको मिति २०७९।०२।१५ को निर्णायानुसार अनुरोध भई आएकाले उक्त क्षेत्रबाट आवश्यकतानुसार हेभी इक्विपमेन्ट समेत प्रयोग गरी नियमित राजस्व प्राप्तहुने गरी प्रविधिक र जनप्रतिनिधिले तत्काल उक्त नदीजन्य पदार्थ हटाउने ।

13. सबै स्थानीय तहले स्थानीय विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्ने, आवश्यक बजेट विनियोजन गर्ने साथै विपदको घटना हुनासाथ प्रतिकार्यका लागि परिचालन हुन सक्ने गरी वडास्तरमा विपद पूर्व तयारी तथा प्रतिकार्य समिति गठन गर्ने ।

14. सबै स्थानीयतहसरकारी तथा गैर सरकारी क्षेत्रहरुले विपद् पूर्वतयारी सँग सम्बन्धित सचेतनामूलक सूचनाहरु स्थानीय संचार माध्यम, एफ.एम.पत्रपत्रिका तथा टेलिभिजनबाट प्रकाशन प्रसारण गर्ने ।

प्रतिक्रिया दिनुहोस्