फेरि भेटौला कार्यक्रमका बिच अर्घाखाँचीका द्वय प्रहरी प्रमुख लाई बिदाइ

| २०७९ सावन २२ गते १९: १५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 श्रावण २२- अर्घाखाँची  जिल्लाका  प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री तथा सशस्त्र प्रहरी बल २६न. गुल्म सन्धिखर्क अर्घाखाँची  का सशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन लाई एक कार्यक्रम बिच बिदाइ गरिएको छ।
 
कर्मचारी मिलनकेन्द्र अर्घाखाँची को आयोजनामा  बिदाइ कार्यक्रम गरिएको थियोे ।अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा गरिएको बिदाइ कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण कार्यलयका प्रमुख तथा प्रतिनिधि , जिल्ला स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष तथा अन्य संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
    
जिल्लामा कोबिड संक्रमण , बिपदजन्य घटना तथा स्थानीय निर्बाचन सफलता पुर्बक सम्पन्न गर्न सफल द्वय  प्रहरी प्रमुख- थापा क्षेत्री  बिगत १३ महिना देखि  अर्घाखाँची जिल्लामा कार्यरत थिए भने सशस्त्र प्रहरी प्रमुख महर्जन बिगत २ बर्ष देखी जिल्ला मा कार्यरत थिए ।थापा प्रहरी प्रधान कार्यलय नक्सालमा  सरुवा भएका छन् भने महर्जन सशस्त्र प्रहरी बलको केन्द्रिय प्रतिस्ठान  मातातिर्थ मा सरुवा भएका छन् ।
 
कार्यक्रम कर्मचारी  मिलनकेन्द्र अर्घाखाँचीका  अध्यक्ष सन्तोष खनालको अध्यक्षता केन्द्रका सचीव गणेशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्