काँग्रेस १ (ख) अर्घाखाँचीकाे बैठक सकियाे, सुचना तथा सञ्चार विभागमा गैरे सहित विभिन्न विभाग गठन (विवरण सहित)

| २०७९ भदौ ४ गते २१: २७ मा प्रकाशित

कमला घिमिरे। नेपाली काँग्रेस अर्घाखाँची १ (ख) प्रदेश सभा कार्यसमितिकाे बैठक विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकले संगठन विभागकाे प्रमुखमा पुष्करनाथ पाेख्रेल, प्रचारप्रसार तथा प्रकाशन विभागकाे प्रमुखमा सुरज रायमाझी, शिक्षा तथा सामाजिक विकास समितिकाे संयाेजकमा राजेन्द्र केसीलाई बैठकले चयन गरेकाे १ (ख) का सभापति हेमन्त बेल्वासेले बताए ।

सुचना तथा सञ्चार विभागकाे प्रवक्तामा टाेपलाल गैरे, जनप्रतिनिधि समन्वय समितिकाे संयाेजकमा चिन्तराज अधिकारी, अर्थ तथा लेखा विभागकाे संयाेजकमा टाेपेन्द्र बराली, युवा तथा खेलकुद विभागकाे संयाेजकमा लक्ष्मण पाण्डे, भातृ संस्था समन्वयकाे संयाेजकमा युवराज पाण्डे, महिला विभागकाे संयाेजकमा सावित्रा वेल्वासे, ज्येष्ठ नागरिक समन्वय विभागकाे संयाेजकमा रजक मियाँ चयन भएका छन् ।

गठन भएका विभाग तथा उपसमितिहरूले १ महिनाभित्र ५ सदस्यीय कार्यसमिति गठन गरि पुर्णता दिने निर्णय भएको सुचना तथा सञ्चार विभागका प्रवक्ता टाेपलाल गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्