जोडिनुहोस जिल्ला संगले अर्घाखाँचीमा दशैं विशेष कार्यक्रमको आयोजना गर्दै

| २०७९ असोज ८ गते १३: ४० मा प्रकाशित

पारस भट्टराई,काठमाडौं। नेपाली हरुको महान चाड विजयादशमीको अबसर पारेर अर्घाखाँची जिल्लाबाट आफ्नो काम को निम्ति  काठमाडौंमा  व्यबसाय र बासस्थान बनाई बसोबास गर्ने मानिसहरूको साझा संगठन जोडिनुहोस जिल्लासंग अर्घाखाँची ले दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। 

काठमाडौंको गौशाला स्थित होटल रामेश्वरमा   नेपाली चलचित्रका  नायक एवम अर्घाखाँचीका २ युवाहरु  सितल केसि र  मुकुन भुषाल को अथिति मा आइतबार काठमाडौमा कार्यक्रम आयोजना गरिएको छ। असोज ९ गते आइतबार बेलुका ५ बजे बाट कार्यक्रम सञ्चालन हुने टिम जोजी का संयोजकले  जानकारी दिए। 


काठमाडौमा बस्ने, युवा, कलाकार, अभियान्ताहरु, समाजसेवी लगायत सबै जना लाई यो बिशेष समारोहमा उपस्थित हुनको लागि अभियान्ता तेजेन्द्र पाण्डेले निमन्त्रणा गरेका छन्। सहजीकरणका लागि : 9857066566

प्रतिक्रिया दिनुहोस्