अर्घाखाँचीमा आफु हारे बिकास निर्माणका काम अधुरा रहने ,जित्न आवश्यक : रायमाझी

| २०७९ कार्तिक २१ गते १८: ०६ मा प्रकाशित

गणेश खनाल,सन्धिखर्क। नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेद्वार टाेपबहादुर रायमाझीले सुरू भएका याेजना पूरा गर्न आफुलाइ विजयी बनाउन मतदातालाइ आग्रह गर्नुभयाे । 

१५ वर्षमा अगाडि ठुलापाेखरा,छत्रगन्ज,केरूङगा लगाएत छत्रदेव गाउँपालिकाे  अवस्था कस्ताे थियाे आज कस्ताे छ हेर्न आग्रह गर्दै पुल नभएका पुल र सडक नपुगेका ठाउँमा सडक पुयाईएकाे बताउनुभयाे ।

पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका रायमाझीले बृद्वभत्ता एमालेले सुुरू गरेकाे एमालेकै सरकारले बृद्वि गरि ४ हजार पुयाएकाे बताउदै यसलाई दाेव्वर बृद्वि गरि ८ हजार बनाउने बताउनुभयाे । 

विगतका विकासका याेजनालाइ निरन्तरता दिन पनि विजयी हुन आवश्यक रहेकाे बताउदै समृद्ध अर्घाखाँचीकाे लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयाे ।
 
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल,युवा इन्चार्ज खुविराम आर्चाय लगाएतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्