शिक्षक तथा लेखक क्षेत्रीको पुस्तक "स्मृतिका पानाहरु"विमोचन

| २०७९ मंसिर २४ गते १६: ३४ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची । शिक्षक तथा लेखक नरेन्द्र कुमार क्षेत्रीको पुस्तक "स्मृतिका पानाहरु"विमोचन गरिएको छ । 

साथी होटल सन्धिखर्कमा सनिवार आयोजित एक कार्यक्रमका बीच क्षेत्रीले उक्त कृति सार्वजनिक गरेका हुन् ।

संस्मरणात्मक कृति छेत्रीका दिवांगत आमा अम्बिका क्षेत्री र बुबा दिपबहादुर क्षेत्री प्रती समर्पण गरिएको "स्मृतिका पानाहरु" भित्र शैक्षिक गुणस्तरको सुधार तथा शिक्षक आन्दोलन, कम्युनिस्ट आन्दोलन एवं अनुशासित जीवन शैली अपनाउन प्रेरित गरेको छ ।

"स्मृतिका पानाहरु"विमोचन

विमोचन कार्यक्रमा नेकपा एमाले अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का , नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नवनिर्वाचित प्रदेश सांसद रामजी प्रसाद घिमिरे मालारानी गाउँपालिका तत्कालीन अध्यक्ष बालकृष्ण आचार्य , सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,मालारानी गाउँपालिका तत्कालीन उपाध्यक्ष पर्मिला क्षेत्री , युवा नेता प्रेमनारायण गैरे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्