नेकपा (एमाले) ले अर्घाखाँचीलाई उत्कृष्ट जिल्ला घोंषणा

| २०७९ पौष ५ गते १९: ०८ मा प्रकाशित

गणेश खनाल ,सन्धिखर्क। नेकपा (एमाले) ले अर्घाखाँचीलाई उत्कृष्ट जिल्ला घोंषणा गरेको छ । जिल्लाको संगठन मजबुत बनाएको, प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा सबै उम्मेद्वार विजयी बनाएको भन्दै उत्कृष्ट जिल्लाको रूपमा नेकपा एमाले अर्घाखाँची छनौट भएको हो ।

नेकपा एमाले केन्द्रिय कार्यालयले काठमान्डौमा आयोजना गरेको ‘नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी विशेष कार्यक्रम’ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई सहित सम्मान प्रदान गरेका छन् । एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले सम्मान ग्रहण गरेका छन् ।

अर्घाखाँची सहित धनकुटा र पर्वत जिल्ला ‘क्लीन स्विप’ गराएकोमा सम्मानित भएका छन् । यस्तै सोलुखुम्बुमा आजसम्म आफ्नो पक्षमा नतिजा आउन नसकेकोमा यस पटक केही सांसदले जितेकामा सोलुखुम्बु जिल्ला कमिटि पनि पुरस्कृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्