नेकपा एमाले अर्घाखाँची द्वारा मन्त्री आचार्य संग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

| २०७९ फागुन ७ गते १७: ४४ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले प्रदेश सरकारका खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्य संग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री चेतनारायण आचार्यले देशको आर्थिक अवस्था बारे प्रष्ट पारेका छ्न । उद्द्यमशील, आत्मनिर्भर र समृद्ध  देश निर्माण गर्नको लागि नेकपा एमालेको महत्त्वपूर्ण भुमिका रहेको बताएका हुन । 

"समृद्ध नेपाल, सुखी नेपाली"  मुल मन्त्रलाई आत्मसात गर्दै यसमा आम नागरिकको भूमिका के हुन सक्छ जिल्ला भित्र विकास योजनाको निर्माणमा उल्लेखनीय काम भएकाे स्मरण गराउदै अबका दिनमा पनि जनता संग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।  

देशको समृद्धि र विकासको लागि शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, सुरक्षाकर्मी, जनप्रतिनिधि, महिला, युवा,खेलकुद,  विज्ञान र प्रविधि, कला, साहित्य र संस्कृति जस्ता विभिन्न विषयवस्तुमा नेकपा एमाले चासो देखाएको बताए ।

पार्टीका कार्यकता तथा शुभ चिन्तकहरुले मन्त्री आर्चाय लाई पार्टी कार्यालयमा टीका फुलमाला लगाइ सम्मान गरेका हुन ।  सम्मान कार्यक्रम जिल्ला अध्यक्ष पिताम्वर भुसालकाे अध्यक्षता जिल्ला सचिव ताेजबहादुर रायमाझीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्