चौधौं अर्घाखाँची प्रीमियर लिग (APL) सुरु हुँदै , प्रथम पुरस्कार १ लाख १ हजार

| २०७९ फागुन १२ गते १६: २१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची क्रीकेट संघले चौधौं अर्घाखाँची प्रीमियर लिग (APL) बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता फागुन  २३ गते देखी सन्धिखर्कमा सुरु हुने भएको हो।  जसको प्रथम पुरस्कार १लाख १ हजार रहने छ भने दोस्रो पुरस्कार ५१ हजार ट्रफी मेडल प्रमाणपत्र रहने अर्घाखाँची क्रीकेट संघका अध्यक्ष ऋषि  भट्टराईले जानकारी दिएका हुन। खेलमा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । बेस्ट बलर बेस्ट ब्याटिङ बेस्ट रनर लगायत विभिन्न विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको हो। 

जसमा चार वटा टिमले भाग लिने छ्न भने दर्ता शुल्क २० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्