जिल्ला निर्बाचन कार्यालय अर्घाखाँचीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ फागुन १७ गते १४: १६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
फाल्गुन १७- मतदाता नामावली अध्याबधिक ( दाबी बिरोध  समेत )२०७९ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा शुरु अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु ,स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु सरोकारवाला तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा मतदाता नामावली प्रकासन,प्रकासित नामावलीमा भएको टुट्री सच्चाउने , झुठो विवरण दिई नामावलीमा नाम समाबेश ,एउटै ब्याक्तीको दोहोरो नामावली ,मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नामावली मतदाता नामावलीबाट हटाउन सूचना प्रबाह गर्ने ,लगायतका महत्त्वपूर्ण बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रम निमित्त जिल्ला निर्बाचन कार्यालयका प्रमुख रबि अर्यालको संचालनमा शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्