अर्घाखाँचीका सांसद रायमाझी विरुद्व नेपाली कांग्रेस अर्घाखाँचीले निकाल्यो प्रेस विज्ञप्ती:

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली गरेकोमा आपत्तीजनक

| २०७९ चैत ३० गते १७: ५४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली गर्नेमा अर्घाखाँचीका सांसद टोप बहादुर रायमाझी र उनका छोराको संलग्नता भएको खबरलाई नेपाली कांग्रेस अर्घाखाँचीले गम्भिरता पुर्वक लिएको बताएको छ।

जिल्ला सभापती केशव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा रायमाझीको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता देखिएकाले यो घटना आपत्तीजनक रहेको उल्लेख छ। पटक पटक मन्त्री समेत भईसकेका व्यक्तीको अमानविय क्रियाकलापमा संलग्न रहनु सिंगो जिल्लाका लागी दुखद कुरा रहेको विज्ञप्तीमा जनाईएको छ।

राजनितिक आडमा गरिने बेथिती र भ्रष्टाचारको पर्दाफाश हुन जरुरी रहेको भन्दै कांग्रेस नेतृ सुजाता कोईराला नजिकका व्यक्तीहरुको समेत संलग्नता रहेको कुरा आएकोले छानबिन गरी कारवाहीको दायरामा ल्याउन कांग्रेस अर्घाखाँचीले माग गरेको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग पैसा उठाउने गिरोहलाई एमाले सचिव समेत रहेका सांसद रायमाझीले सहयोग गरेको पुष्टि भएपछी कांग्रेस अर्घाखाँचीले विज्ञप्ती जारी गरेर आपत्ती प्रकट गरेको हो ।

गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको थियो । यो विषयमा प्रहरीले अनुसंधान अगाडी बढाईसकेको छ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्