गोरुसिंगे सन्धिखर्क मोटरबाटो अबरुद्ध हुने

| २०८० जेठ २४ गते १६: ०० मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। गोरुसिंगे सन्धिखर्क मोटरबाटो मरम्मत गर्ने कार्य हुने भएकोले यहि मिति २०८० साल जेष्ठ २८ गते देखि २०८० असार ६ गते सम्म (त्यो बिचको शनिबार बाहेक) गोरुसिंगे सन्धिखर्क मोटरबाटोको सन्धिखर्कको फुदबाङ र शितगंगाको भुवनपाटामा बिहान ७ देखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म शितगंगाको भुवनपाटा  बाटो अबरुद्ध हुने भएको छ। 

उक्त समयमा अत्यावश्यक एम्बुलेन्स,दमकल,सब वाहन,बिधुत टेलिफोट,मरमतका सबारी साधन तथा बिरामी बोक्दा एम्बुलेन्स प्रयोग गर्ने र अन्य सबारी साधनमा बिरामी यात्रा गर्दा अस्पतालको रिफर कागज अनिबार्य चाहिने सर्बपक्षिय निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्