अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर कायम हुने:

पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया

| २०८० जेठ २५ गते १४: ५१ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
जेठ–२५,अर्घाखाँची।अर्घाखाँचीमा ट्याक्सीको नयाँ  भाडादर कायम हुने भएको छ । हिजो जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न सर्वपक्षिय बैठकले जिल्लामा कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया भाडादर कायम गरि जिल्ला स्तरिय भाडादर निर्धारण समिति समक्ष सिफारिस गर्ने निर्णय गरेसंगै ट्याक्सीको नयाँ  भाडादर कायम हुने भएको हो । 

२०७० सालबाट अर्घाखाँचीमा ट्याक्सी सेवा सुरु भइ २०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि हिजो बैठक बसेर यस्तो सहमती कायम गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा राजनितिक दल,सुरक्षा निकाय,अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लि.,लकां यातायात प्रा.लि.,उद्योग वाणिज्य संघ,पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा बैठक बसेको हो । हिजोको बैठकले सिफारिस गरेको भाडालाई भाडा निर्धारण समितिले अनुमोदन गरेमा सन्धिखर्कबाट बुटवलको भाडा ५ हजार ७ सय कायम हुने भएको छ ।

अर्घाखाँचीमा ट्याक्सीको नयाँ  भाडादर कायम

 

प्रतिक्रिया दिनुहोस्