सन्धिखर्क नगरपालिकाद्वारा कारागारमा रहेका बन्दीहरुलाई अत्यावश्यक सामाग्री हस्तान्तरण

| २०८० सावन १३ गते १९: २९ मा प्रकाशित

अशोक खनाल । सन्धिखर्क नगरपालिकाले जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा रहेका बन्दीहरुलाई अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

शुक्रबार अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल तथा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालको अनुरोधमा कारागारमा बन्दी जीवन बिताइरहेका बन्दीहरुको निम्ति टिभी ३२ इन्च डि एच आइ, टिभी २४ इन्च डि एच आइ, फ्रीज १७० लि.डि एच आइ, फ्रीज १००लि.डि एच आइ, प्रेसरकुकर १० लि. डिलाइट, पानी फिल्टर १४ लि.एक्का, टर्चलाइट २ पिस गेट पास लगायत एक लाख बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले कारागार परिसर मै पुगि प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थी मार्फत कारागारका नाइके गणेश भुसाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न.१ का वडा अध्यक्ष माधब श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका लेखा अधिकृत नबराज गौतम , योजना शाखा प्रमुख दिलिप कुमार केसी, जिन्सी शाखा प्रमुख धर्मराज भुसाल लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

हाल जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा ६१ जना पुरुष तथा ९ जना महिला गरि कुल ७० जनाले बन्दी जीवन बिताइरहेका छन्

प्रतिक्रिया दिनुहोस्