सामुदायिक बिध्यालय ब्याबस्थापन समिति महासंघ नेपालद्वारा जिल्ला प्रशासन कार्यालय तथा शिक्षा बिकाश तथा समन्वय इकाईमा ज्ञापनपत्र

| २०८० सावन ३० गते १५: ३८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
श्रावण २९ - सामुदायिक बिध्यालय ब्याबस्थापन समिति महासंघ नेपालद्वारा जिल्ला प्रशासन कार्यालय तथा शिक्षा बिकाश तथा समन्वय इकाई कार्यालय अर्घाखाँची मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लाई ज्ञापनपत्र बुझाएको छ।

मन्त्रीपरिषदमा बिचारधिन रहेको बिध्यालय शिक्षा सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको बिधेयक्को कुनै पनि सरोकारवाला सग छलफल र परामर्श बिना नै तयार गरेको बिधेयक मस्यौदामा बिध्यालय ब्याबस्थापन समिति सम्बन्धि ब्याबस्था टुट्तीपुर्ण रहेको बिध्यालय संचालन र ब्याबस्थापन अभिभावकको कुनै पनि सहभागीता नरहेको भन्दै अर्घाखाँची जिल्लाका ३७८ वटा सामुदायिक बिध्यालय ब्याबस्थापन समितिको  पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्ना ५ बुधेमाग सहित ज्ञापनपत्र बुझाइएको छ।

 महासंघका केन्द्रिय सदस्य शागर केसिको नेतृत्वमा गएको टोलिमा महासंघका प्रदेश सदस्य दिवाकर घिमिरे , जिल्ला अध्यक्ष भक्तिराम न्यौपाने , केन्द्रिय प्रतिनिधि जानका बन्जाडे जिल्ला सचीव लिलामणि पोख्रेल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्