कांग्रेसको तिक्तता मेटाउन कांग्रेसको आन्तरिक अभियानः पुष्पा भुसाल

| २०८० सावन ३० गते १५: ४६ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क । नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक मनमुटाव मेट्न देशभर अभियान सञ्चालन गरिएको बताएकी छिन् । महाधिवेशन र निर्वाचनमा बसेका खाटा अझै नमेटिएकाले त्यसलाई मेटाउन यो अभियानले मद्दत पुग्ने उनले बताईन् ।

नेपाली कांग्रेसले थालेको आन्तरिक अभियान तथा क्षेत्रिय सम्मेलनमा भाग लिन आएकी नेतृ भुसालले पार्टि भित्रका फरक मत, असहमती र द्वेषलाई समाप्त पार्न आन्तरिक अभियान सञ्चालन गरिएको बताएकी छिन् । स्थानीय, प्रदेश र संघिय निर्वाचनमा कांग्रेसका नेता तथा कार्यकर्तामा देखिएको तिक्तता मेटाउन शुरु गरिएको आन्तरिक अभियानले कांग्रेसलाई एक ढिक्का बनाएर सशक्त रुपमा लैजाने बताइन् ।

नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपसभामुख समेत रहेकी भुसाललले देशमा प्राप्त लोकतन्त्रको रक्षा गर्नु अहिलेको आवश्यक्ता रहेको बताइन् । प्रत्येक आन्दोलन, प्रत्येक परिवर्तन, प्रत्येक संघर्ष र प्रत्येक उपलब्धीको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै भुसालले कांग्रेस आफ्नै कारणले कमजोर बन्दै गईरहेको बताईन् । ‘देशमा सबै कुरा कांग्रेसको पहलकदमीमा भएको छ,उनले भनिन्,‘हामी आफ्नै कारणले कमजोर हुँदै गएका छौं अरुका कारणले होईन ।’ आन्तरिक तिक्तता मेटाएर एकजुट हुनुपर्ने आजको आवश्यक्ता रहेको उनको भनाई छ ।

विगतको निर्वाचनमा पराजित हुनुपर्दा जिल्लाले ठुलो घाटा व्यहोर्नु परेको उनले बताईन् । आन्तरिक र बाह्य दुवै कारणले आफु पराजय भएको उनले दावी गरेकी छिन् । सबै कुरा भुलाएर एकजुट भएर जिल्ला विकासमा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।

यस्तै आन्तरिक अभियानमा अर्घाखाँची जिल्लामा खटिएका प्रतिनिधी कांग्रेस केन्द्रिय सदस्य मैतिलाल वाल्मिकीले कांग्रेसको संगठन बिस्तारमा अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । अन्य जिल्लामा जस्तै धेरै ठुला समस्य अर्घाखाँचीमा नरहेको भन्दै उनले सबै मिलेर अँघीं बढ्दा उपयुक्त हुने बताए ।

कार्यक्रमका सन्दर्भमा नै जिल्ला आएका कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्रास लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान सुरु गरिएको बताए ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले संगठन सुधारको लागि हरेक तहबाट लाग्न आवश्यक भएको बताए । केन्द्र देखि स्थानीय तह सम्म संगठन रणनितीका साथ अभियान सफल पार्नको लागि एकजुट भएर लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए । प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने बताए । उनले नेपाली कांग्रेस अर्घाखाँचीलाई गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाई एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले गाउँका गरिब, दुखी, बेसहारा र विपन्न परिवारको भावना बुझ्न सके मात्र नेपाली कांग्रेस बोलियो र शक्तिशाली हुने बताए। कार्यक्रममा पार्टि उपसभापती बाबुराम पौडेल, सचिव कृष्ण खनाल, सहसचिव मेघराज पाण्डे, कोषाध्यक्ष बिष्णु क्षेत्रि, प्रदेश प्रतिनिधी लक्ष्मी थारु, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल, मुक्ती श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानीका कांग्रेस सभापती शोभाखर खनाल, छत्रदेवका कांग्रेस सभापती प्रकाशराज पन्थी, ट्रेड युनियन प्रदेश उपाध्यक्ष नन्दराम भट्टराई, महिला संघका अध्यक्ष जानका बञ्जाडे, तरुणदल अध्यक्ष नारायण खड्का, नेविसंघ अध्यक्ष भरतमणी भट्टराई, कर्मचारी युनियनका शान्ता अर्याल लगायतले मन्तव्य राख्दै कांग्रेस अब समयानुकुल परिवर्तन भएर जानुपर्ने बताएका छन् ।

क्षेत्रीय सम्मेलन क्षेत्रीय सभापति राजेश पन्थीको अध्यक्षता, सचिव नारयण प्रसाद भुसालको सञ्चालन र उपसभापति नारयण चुदालीको स्वागत मन्तव्य सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्