अर्घाखाँचीका अभिनेता मुकुन भुसाल द्वारा अभिनित चलचित्र " गणपति " को ट्रेलर सार्वजनिक ( भिडियो सहित )

| २०८० सावन ३१ गते १४: ३६ मा प्रकाशित

सागर मरासिनी , अर्घाखाँची। अर्घाखाँची सन्धिखर्कका अभिनेता मुकुन भुसाल द्वारा अभिनित चलचित्र " गणपती " को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । 

सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन भुसाल  , मेनुका प्रधान ,  प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अंशु मानन्धर, पुष्कर गुरुङ, जयनन्द लामा, सुशिल पोखरेल, देवेन्द्र बब्लु, कालु राना, टीका भक्त जिरेल, कविता न्यौपाने लगायत कलाकारको अभिनय  देख्न सकिने अभिनेता मुकुन भुसालले बताउनु भएको छ । 

हरिबहादुर घलेले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन्। 

यो फिल्म भदौ १४ गतेदेखि प्रदर्शन हुँदैछ भने अभिनेता मुकुन भुसाल ले यो फिल्म सबैजनाले हेरेर माया अनि प्रतिक्रिया दिन समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्