अर्घाखाँचीमा ६८ औं प्रहरी दिवस २०८० विभिन्न कार्यक्रमका साथ सम्पन्न

| २०८० कार्तिक १ गते १४: ०५ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। समाजको चौतारी छ रास्ट्रको छहारी नागरिक शुरक्षा नै हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा ६८ औं प्रहरी दिवस २०८० विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ  निबृत जेष्ठ प्रहरी सम्मान , विभिन्न खेलकुद बिधाका  बिजेताहरुलाइ  पुरस्कार बितरण तथा सम्मान , सहिद परिवारलाई सम्मान , जग्गादाता हरुलाई सम्मान तथा कदरपत्र लगायत रहेका छन् ।
 
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा ,पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने , मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई , छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य ,प्रमुख कोष नियन्त्रक दिपक अधिकारी ,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,जिल्ला  न्याधिबक्ता बिष्णु प्रसाद आचार्य ,ईश्वरिबक्स गुलमका गुलपति  मेजर महेश्वर थापा प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर शसस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु पोख्रेल , प्रमुख अनुसन्धान अधिकृत ईश्वरि आचार्य ,नि. समन्वय अधिकृत बाबुराम थापा , स्वास्थ कार्यालयका प्रमुख शिव नेपाली , शिक्षा समन्वय इकाई प्रमुख मनिराम पराजुली , जिल्ला नेत्र ज्योति संघका अध्यक्ष दल बहादुर केसी ,जिल्ला कारागार प्रमुख पोमकला भन्डारी ,रास्ट्रिय बाणिज्य बैंकका प्रबन्धक गुणानिधि भुसाल , अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ सन्धिखर्क नगरपालिका वडा न.१ का अध्यक्ष माधब श्रेष्ठ १२ का वडा अध्यक्ष नारायण खड्का छत्रदेब गाउपालिका वडा न. ३,४ र ,५ वडा अध्यक्षहरु निबृत पुर्ब प्रहरी प्रमुख डिलाराम पान्डे पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता प्रहरी निरीक्षक ऋषिराम घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्