५० बर्ष अघि हराएको ४ मुखे मुर्ति आज अर्घा भगवती मन्दिरमा पुन: पुनर्स्थापना : मुर्ति चोरको नाम खोजि हुँदै

| २०८० कार्तिक ३ गते १९: २७ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक ,धार्मिक एबम पर्यटकिय मन्दिर अर्घा भगवती मन्दिरबाट ५० बर्ष अगाडि मन्दिर भित्रबाटै चोरी भएको ४ मुखे मुर्ति आज पुनर्स्थापना गरिएको छ । 

त्यो समयमा चोरी भएको मुर्ति कस्ले चोरेको हो भन्ने मन्दिर ब्यबस्थापन समितिले नाम नै तोकेर बताउन चाहेनन। चोरी भएको मुर्ति भेटिए पछि दाबेदार गर्ने २ पक्ष भएको र मुद्दा  परेर अदालत सम्म पुगेको पक्का भए पनि कस्ले के उदेश्यले चोरेको हो भन्ने कुरा मन्दिर ब्यबस्थापन समितिले बताउन चाहेन । 

अर्घाखाँची बुलेटिनको टिम आज मन्दिर परिसरमै पुगेर मुर्तिको बारेमा जानकारी लिएको छ । 

चोर कोहो भन्नुहोस न भन्ने प्रश्नमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सरोज भुसाल भन्नुहुन्छ "मुर्ति यहि मन्दिरको हो त्यो भेटियो अनि हाम्रो पक्षमा फैसला भयो त्यो नै हाम्रो जित हो ,मुर्ति मन्दिरमा पुनर्स्थापना भए पछि चोर कोहो भन्ने कुरा ठूलो भएन "तर आफुले सबै विवरण अदालतमा पुगेर नहेरेकोले कोहो भन्ने थाहा नभएको भुसालले बताउनु भयो । 

यसैविच मन्दिरमा ५० बर्ष पहिले चोरिएको मुर्ति भेटिएर  पुनर्स्थापना भएपछि स्थानिय र आस्था राख्नेहरु खुशी भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्