चौंथो AYC अन्तरपालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

| २०८० कार्तिक १३ गते २१: ०५ मा प्रकाशित

अर्घाखाँची। चौंथो AYC अन्तरपालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको छ।

खेलको लागि निर्णायक मन्डलको सम्पूर्ण प्राविधिक जिम्मेवारी ईश्वरी बकस गुल्मले लिएको छ। खेलको उद्घाटन जिल्ला समन्वयन समितिका प्रमुख श्री जिवनारायण कोईराला बाट हुनेछ। उक्त उद्घघाटन समारोह मा  ६ वटै पालिका प्रमुखहरुको विशेष आतिथ्यथा रहने खबर प्राप्त भएको छ। 

सबै टिम अनिवार्य रुपमा कार्तिक १६ गते १० बजेभित्र आफ्नो पालिकाको जर्सीमा व्यानर सहित उपस्थित हुनुपर्ने आयोजक समूहले जनाएको छ।

खेल लिग कम नकआउट सिस्टम बाट हुनेछ।

प्रतिक्रिया दिनुहोस्