अर्घाखाँची युवा परिषद द्वारा आयाेजित पत्रकार सम्मेलन उद्योग वाणिाज्य संङ्घकाे सभाहलमा सम्पन्न

| २०८० कार्तिक १५ गते १७: ०५ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। युवाहरुको एकता,समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क चुत्रावेशीका जागरुक युवाहरुको सक्रियतामा स्थापना भएको अर्घाखाँची युवा परिषद् द्धारा आयोजना हुने चौथो वर्षको  तिलक स्मृती भलिबल प्रतियोगिता भाेलि कार्तिक १६ गते देखी सुरु हुने भएको छ । कोभिडका कारण केही बर्ष हुन नसकेको उतम भलिबल प्रतियोगीता यस बर्षदेखी नियमित रुपमा गर्न लागीएको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानकारी दिए ।

अन्तरपालिका स्तरिय हुने भलिबल खेलमा अर्घाखाँची जिल्लाका प्रत्येक पालिकामा दक्ष खेलाडी उत्पादन गर्ने,खेलमाध्यमबाट भाईचाराको सम्बन्ध बिस्तार गर्ने,पालिका तथा बिभिन्न संघ संस्था बिच भलिबलका माध्यमबाट सम्बन्ध बिस्तार गर्ने,दर्शकहरुलाई भंरपुर मनोरञ्जन दिने लगायतका महत्वपुर्ण उदेश्यका साथ भलिबल प्रतियोगिता गर्दे आएका परिषद्का महासचिब प्रकाश भुसालले बताए ।

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको उतम प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का पुर्व अध्यक्ष तथा उतm खेल प्रतियोगिताका संयोजक कृष्ण भुसालले जानकारी दिए । उतम खेलमा जिल्लाका ६ वटा पालिकाका खेलाडीहरु समाबेश हुने छन्। पालिका बाहेक २ जना सम्म बाहिरी खेलाडी सम्म थप गरि समाबेश गर्न सकिने खेल संहसंयोजक बाबुराम भुसालले बताए ।

अर्घाखाँची युवा परिषद्ले बिगतमा गरेका खेलहरु निकै रोमान्चक प्रभाबकारी र निष्पक्षय तवर बाट संचालन भएकोले उतम खेलमा आफुहरु पनि सहभागी हुदै आएको र यस बर्ष पनि खेल आयोजना भएको खवरले निकै खुसी तुल्याएको छ । तयारीका साथ उतम भलिबल प्रतियोगितामा सहभागी हुने भुमिकास्थान निवासी खेलाडी जिबन भट्टराईले बताए ।

लामो समयदेखी सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएको अर्घाखाँची युवा परिषद्ले खेलकुद तथा सास्कृतिक,धार्मिक तथा अन्य सामाजिक सरोकारका सामाजिक कार्यहरु गर्दे जिल्लामा आफनो छुट्टै पहिचाहन बनाउन सफल भएको उतम संस्थाले संचालन गर्दे आएको गतिबिधी निकै प्रभाबकारी हुदै आएका छन् ।सहभागी खेलाडी हरुले आफ्नो पहिचान ( जर्सि  र ब्यानर)
सहित खेलमा सहभागी हुन अर्घाखाँची युवा परिषद का अध्यक्ष काजि श्रेष्ठले अनुराेध गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्