एवाईसी अर्घाखाँचीद्वारा आयोजित खेलमा शितगङ्गाले मालारानीलाई सोझो सेटमा पराजित

| २०८० कार्तिक १६ गते १५: ३८ मा प्रकाशित

झनक केसी अर्घाखाँची। सन्धिखर्क नगरपालिका आजबाट सुरु भएको AYC कप उद्घाटन खेल शितगङ्गा Vs मालारानी बिच भएको खेलमा सोझो सेटमा शितगङ्गाले हात पारेको छ । शितगंगाले मालारानी पहिलो खेल लाई २० मा रोक्दै जितेको थियो भने दोस्रो सेट १२ नम्बरमै राखेर पहिलो खेल शितगङ्गाले हात पारेको छ। 

वेस्टअफ ३ को खेलमा पहिलो सेट शितगंगाले जितेको हो । । जिल्लाका ६ वटै स्थानिय तहको खेलमा सहभागिता रहने छ । खेलमा लगातार तेस्रो पटक जित्ने समुहले शिल हात पार्ने छ शितगंगा नगरपालिकाले लगातार २ पटक जितेर यो पटक जित निकाल्दै पुन : पुरस्कार हातपार्ने दाउमा छ । खेल २ ग्रुम मा सञ्चालन भएको छ प्रत्यक समुहबाट २ टिम सेमिफाइनलमा जाने छन ।

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

 खेलमा जिल्लाका ६ वटा पालिकाका खेलाडीहरु समाबेश हुने छन्। पालिका बाहेक २ जना सम्म बाहिरी खेलाडी सम्म थप गरि समाबेश गर्न सकिने खेल संयोजक तथा संस्थाका पुर्व अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्