एवाईसी कप: पाणिनी द्वारा सन्धिखर्क नपा पराजित

| २०८० कार्तिक १६ गते १७: ५८ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता खेलमा पाणिनी गाउँपालिकाले सन्धिखर्क नगरपालिकालाई २ -१ को सेटले पराजित गरेको छ।

राष्ट्रीय खेलाडी रबि केसी ,किरण गुरौ सम्मिलित सन्धिखर्क नगरपालिले आफ्नो पहिलो खेलमा पाणिनी गाउँपालिका संग २ -१ को सेटले पराजित भएको हो। पाणिनी गाउँपालिका बाट अतिरिक्त अनुबन्धित खेलाडी प्युठानका क्युइक स्पाइकर बिकास गिरि र सचिन गाहा मगर रहेका छन्। 

उद्घाटन दिनमा २ खेल मात्र सम्पन्न भएका छन्। भोलि बिहान ८ बजे भुमिकस्थान नगरपालिका र मालारानी बीच खेल हुने छ भने भोलि नै संववत सेमीफाइनल मा पुग्ने सम्पूर्ण टिमको टुंगो लाग्ने आयोजक ले जनाएको छ। 

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्