मालारानी बाँगीका पुर्व प्र.अ दिनेश केसी लाई मातृशोक

| २०७८ असोज ६ गते १६: ४८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।मालारानी गाउँपालिका -५ बाँगी भण्डार श्री सिद्ध माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक दिनेश केसी लाई मातृशोक परेको छ । 

शिक्षा प्रेमी तथा सिद्ध मा.विका पुर्व प्र.अ. केसीकि आमा तामसरी कुँवर ८६ वर्षको उमेरमा भदौ  ३१ गते निधन भएको हो ।उहाँ विगत केहि महिना देखि स्वासप्रस्वासमा समस्या भएको कारण उपचारको क्रममा निधन भएको थियो ।

यस शोकको दु:खद घडिमा अर्घाखाँची बुलेटिन डट कम न्युज परिवार दिवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्