टोल टोलमा संगठन, घर घरमा काँग्रेसजन" अभियान अन्तर्गत आज मालारानी - ३ खनदहमा आज अगुवा कार्यकर्ता भेला सम्पन्न

| २०७८ फागुन २१ गते १९: ४७ मा प्रकाशित

मालारानी। "टोल टोलमा संगठन, घर घरमा काँग्रेसजन" अभियान अन्तर्गत आज मालारानी - ३ खनदहमा आज अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

 नेपाली काँग्रेस मालारानी -३ का सभापति तिलकराम पाण्डेको सभापतित्व, नेपाली काँग्रेस जिल्ला सह सचिव एवं मालारानी प्रतिनिधि मेघराज पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको संचालन पशुपति खनालले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेघराज पाण्डेले मालारानी - ३ बाट बलेको नेपाली काँग्रेसको दियो आगामी निर्वाचनबाट मालारानीका अन्य वार्डहरुमा पनि बाल्नुपर्ने बताउदै आजैबाट निर्वाचनमा लाग्न सबै नेता कार्यकर्तालाई अनुरोध गर्नु भयो ।"

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य अबिना आचार्य, मालारानी सभापति शोभाखर खनाल , काँग्रेसका नेताहरु  थानेश्वर खनाल, राम बहादुर वि. क., हरि खनाल , लिलामणि पोख्रेल, राजेन्द्र सुनार , हुमलाल खनाल , नारायण खनाल , कृष्ण गौतम , शान्ता खनाल लगायतले समसामयिक बिषय र आउदो स्थानिय निर्वाचनका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्