वीपी कोइरालाको स्मृति दिवसमा मालारानीमा वृक्षारोपण, वीपीको सपनालाई पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड

| २०८० सावन ७ गते १५: ५१ मा प्रकाशित

कमला घिमिरे। महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ४१ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेस अर्घाखाँचीले पनि वीपी कोइरालाको स्मृति दिवसको अवसरमा जिल्लाभर वृक्षारोपण कार्यक्रम गरेको छ । 

यसैबीच, जिल्लाको मालारानी गाउँपालिका- ३ स्थित आदर्श माविमा वृक्षारोपण गरिएको छ । आदर्श माविमा परिसरमा  विभिन्न जातका एक सय भन्दा बढी बिरुवा हरु रोपिएको हो । 

वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह- महामन्त्री बिष्णुप्रसाद खनाल मुस्कान, कांग्रेस अर्घाखाँची सभापति केशब श्रेष्ठ, सचिव कृष्णप्रसाद खनाल, जिल्ला सह-सचिव तथा छत्रदेव गाउँपालिका-६ का वडाध्यक्ष कमल पौडेल,  कांग्रेस मालारानी गाउँपालिकाका सभापति शोभाखर खनाल  जिल्ला सदस्य अविना आचार्य लगाएतको उपस्थिति रहेको थियो ।  

सो अवसरमा कांग्रेस जिल्ला सह-सचिव पौडेलले नेपालको राजनीति र साहित्यमा वीपी कोइरालाले खेलेको भुमीका अतुलनीय रहेको बताए । उनले कोइरालाले समाजवादी चिन्तनको सपना पूरा गर्ने दायित्व कांग्रेसमा रहेको उल्लेख गरे । वीपीको सपनालाई पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उनको जोड छ । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काँग्रेसका संस्थापक नेता, समाजवादी विचारधाराका प्रणेता एवं कुशल साहित्यकार महामानव विश्वेश्वर प्रसाद कोइराला प्रति उच्च सम्मानसहित देशभर विभिन्न कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्