दुर्वाशेश्वर मन्दीर नजिकै सुगन एग्रो रिसोर्ट सञ्चालन, के-के छ सेवा सुविधा ?

| २०८० भदौ ३० गते २२: २३ मा प्रकाशित

कमला घिमिरे, पाणिनी । अर्घाखाँचीको पवित्र धार्मिकस्थल दुर्वाशेश्वर मन्दीरको नजिकै सुगन एग्रो रिसोर्ट सञ्चालनमा आएको छ । उक्त रिसोर्टको गत सोमबार एक कार्यक्रममा बीच उद्घाटन गरिएको थियो । उद्घाटन भएसँगै रिसोर्टले पाहुनाहरुको लागि आफ्नो सेवा निरन्तर प्रदान गर्दै आइरहेको छ ।

नजिकै बस्ती, जंगल अनि उत्तरतिर फर्किदा टलक्क टल्किने हिमालको दृष्य, जसले रिसोर्ट पुगेका पाहुनाको मनै लोभ्याउँछ । त्यसबाहेक तलतिर फर्किदा देखिने दुर्गा खोला र खेतहरुले पनि उत्तिकै आकर्षण थप्नेछ ।

सहरको कोलाहलबाट टाढा साथै कोलाहलपूर्ण बन्दै गएको सहरलाई छलेर केही परको शान्त वातावरणमा मनोरम दृष्य नियाल्दै बस्ने पर्यटकका लागि लक्षित गरि अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा सुविधासम्पन्न रिसोर्ट सञ्चालन ल्याएको सुगन एग्रो रिसोर्टका सञ्चालक अर्जुन पोख्रेल संघर्षले बताए ।

करिब एक करोड लगानीमा बनेको यस रिसोर्टमा पाइने अधिकांश परिकारहरु स्थानीय उत्पादन रहेको सञ्चालक पोख्रेलले जानकारी दिए ।

उनले भने, ‘पाणिनी दुर्वाशेश्वरकै समिपमा सगुन एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका छौं । करिब एक करोड लगानीमा बनाइएको यो रिसोर्टमा पाइने अधिकांश परिकार स्थानीय उत्पादन नै हुन् ।’ कोलाहलमा बसेकाहरुलाई एकरात भएपनि शान्त वातावरणमा रमाउँदै मनोरम दृष्य अवलोकन गराएर यहीँ बसाउने लक्ष्य रहेको सञ्चालक पोख्रेलको भनाई छ ।

सञ्चालक पोख्रेलका अनुसार रिसोर्टमा फराकिला कोठाहरु छन् । सबै कोठाबाट बाहिरी दृश्यहरु अवलोकन गर्न मिल्छ । ‘ग्रामिण बस्तीमै भएकोले गाउँका फरक अनूभव पनि यहाँ लिन सकिन्छ । त्यो बाहेक नजिकैको जंगलबाट चराचुरुंगीको आवाजले बसाईलाई साच्चै प्रकृतिमय बनाउँछ,’ पोख्रेलले भने ।

यस रिसोर्टमा विभिन्न कार्यहरुका लागि हलको पनि व्यवस्था मिलाइएको छ ।  विवाह लगाएतका शुभकार्यमा घरघरमै पुगि क्याट्रिन सेवा पनि उपलब्ध छ । साथै, पाणिनी गाउँपालिका भित्रको प्रसिद्ध पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफा र समग्र अर्घाखाँचीका पर्यटन क्षेत्रमा आफ्नै सवारीसाधन मार्फत घुमाउने व्यवस्था रहेको सञ्चालक पोख्रेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्