इलाका प्रहरी कार्यालय खन देउराली नजिकै रहेको सहकारीमा चोरी

| २०८० असोज १० गते १३: २० मा प्रकाशित

केशब पन्थी ,मलारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी सस्था लिमिटेडको कार्यालयमा गएराती चोरी भएको छ । 

मालारानी गाउँपालीका वडा नम्बर ४ को खन देउरालीमा अबस्थित  जडिबुटी सङ्कल केन्द्र रहेको भबनमा रहेको उक्त कार्यालय इलाका प्रहरी कार्यालय खनको ३०० मिटरको दुरीमा छ । 

सहकारीमा  कार्यरत कर्मचारीका अनुसार कार्यालय भित्र रहेको लकरको १ लाख ५६ हजार चोरी भएको भएको छ । चोरले कार्यालयमा रहेका ल्यापटप ,अन्य सामाग्री लगेको छैन । 

कार्यालयमा रहेको चेन गेटको ताला, कोठाको ढोकाको ताला तोडिएको छ ।यस बारेमा अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय खनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्