मालारानी ५ का नारायण बिकलाइ पालिकाले तत्काल टिन नदिने: आँखाको उपचार खर्च कार्यबिधीमा टेकेर दिने

| २०८० असोज ३० गते १८: २१ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ को गुरासे भन्ने ठाउँमा बस्ने नारायण बिकको घरको छानोमा तत्काल पालिकाले टिन लगाइदिन नसक्ने  मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताउनु भएको छ। 
 
पालिकाको नीति ढुङ्गाको छानो बिस्तापित गर्ने भए पनि पालिकाले निती बनाउदा ढुङ्गाको छानोमा टिन लागाउन चाहेको घरधनिले आफ्नो घरको छानोमा लाग्ने टिनको लागतको २० प्रतिसत अनिवार्य बुझाउनै पर्ने भएकोले तत्काल त्यस्तो खालको  घरमा पालिकाको तर्फबाट नि:सुल्क टिन दिन नसक्ने अर्घाखाँची बुलेटिनलाइ प्रतिक्रिया दिनु भएको छ । 

नारायण बिक

ब्यतिगत रुपमा वडा मार्फत कुनै सहयोग माग नभएको र वडाका जनप्रतिनिधिलाई पनि त्यो कुरा नभनिएको भन्दै भट्टराईले वडाका जनप्रतिनिधि ,टोल छिमेक मार्फत पालिकामा आएमा  सक्दो केही गर्न सके पनि तत्काल यहि अबस्थामा केही गर्न सक्ने अबस्था नरहेको र एकलौटी केही गर्न नसक्ने  बताउनु भयो । त्यो ब्यक्तिले घरको छानोमा टिन लगाउन चाहे पनि २० प्रतिसत पनी तिर्न सक्ने अबस्था छैन भन्ने प्रसङ्गमा भट्टराईले बरु  स्थानिय जनप्रतिनिधिले चन्दा उठाएर टिन दिन सक्ने भए पनि नीति भन्दा बाहिर गएर केही गर्न नसक्ने बताउनु भयो ।

एक जनालाइ  अहिले टिन २० प्रतिसत पनि नदिएमा दिने हो भने भोलि धेरै त्यस्ता खालका माग बढने उहाले बताउनु भयो । 
यसैबिच , पालिका अध्यक्ष भट्टराईले उक्त ब्यक्तिको आखाको समस्याको बारेमा पालिकामा कुनै जानकारी नआएको बताउदै यदि त्यस्तो खालको समस्या  वडा मार्फत जानकारीमा आएमा सामान्यतया उपचार गर्ने क्रममा थोरै धेरै सहयोग गर्न सक्ने कार्यबिधी रहेको र कार्यबिधी भित्र रहेर सहयोग गर्न सकिने बताउनु भयो। 

केही दिन अगाडि अर्घाखाँची बुलेटिनले मालारानी गाउँपालिका वडा नम्बर ५ को गुराँसेमा बस्ने नारायण  बिकको घरको अबस्था र उहाको आखाको समस्याको बारेमा सार्बजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्