उपचारका लागि आर्थिक सहयोगको अपिल

| २०८० फागुन १९ गते १७: ०० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।पेट रोगको उपचार गर्नको लागि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी आस्लामारी थापाटाेलामा स्थायी बसोबास गर्दै आएका ४३ वर्षीया शम्भु कुमार थापाको जीवनरक्षाका लागि निकै ठुलो रकम लाग्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो।

परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा थप समस्या देखिएको हो । 

थप जानकारीको लागी 
शम्भु  कुमार थापा फोन नं - ९८६७१४४३२६
अशाेक चाैहान - ९८५७०६६२८७

प्रतिक्रिया दिनुहोस्