शान्ति मा.बि बागी को हिरक महोत्सवको पुर्ब सन्ध्यामा नवीन औद्योगिक मा वि मा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० फागुन २० गते १६: ३९ मा प्रकाशित

पूजा केसि ,मालारानी।शान्ति मा.बि बागी को हिरक महोत्सवको पुर्ब सन्ध्यामा शान्ति मा.बि मा अध्यन गरेका र बागी बाट बुटवल आई बसोबास गरेका विभिन्न सरोकारवाला ब्यक्ति हरुबिच अन्तरक्रिया कार्यक्रम नवीन औद्योगिक मा बि बुटवल मा सम्पन्न भएकाे छ । 

उक्त  कार्यक्रम मालारानी ५ वार्ड अध्यक्ष तिलक मिश्र को अध्यक्षतामा शिक्षक वसन्त खड्काको सन्चालनमा  पुर्ब प्रदेश सभा सदस्य  निर्मला क्षेत्रीको प्रमुख आतिथ्यतामा र बागी ( अर्घाखाँची ) सम्पर्क समाज रुपन्देहीको समन्वयमा सम्पन्न भएको थियो भने कार्यक्रमको उदेश्यबारे प्र अ मान बहादुर पाण्डे ले प्रकाश पारेका थिय।

कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष बाबुराम खनाल, पुर्व  जि शि अ डबल बहादुर बस्नेत , राजनीतिक ब्याक्तित्व गोबिन्द के सि, खिम बहादुर बि क , पुर्व वार्ड अध्यक्ष शोभाकर भुसाल ,पुर्व प्र अ कुलबिक्रम खनाल , पुर्ब शिक्षक निमानन्द भुसाल, नवीन औद्योगिक मा बि का प्र अ प्रेम बस्नेत  , प्रध्यापक हरु डा अरुण क्षेत्री डा दुर्गा भुसाल समाजका पुर्ब अध्यक्ष भोज ब खड्का ,  इन्जिनियर अरुण खनाल समाजसेवी खिमानन्द आचार्य  लगायत ले शुभकामना व्यक्त गरेका  थिय।

प्रतिक्रिया दिनुहोस्