विद्यालयको हीरक महोत्सव सन्दर्भ: काठमाडौंमा बृहत अन्तक्रिया कार्यक्रम हुने

| २०८० फागुन २१ गते २३: ०२ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।हीरक महोत्सवको सन्दर्भमा काठमाडौं बृहत अन्तक्रिया कार्यक्रम हुने भएको छ । 

शान्ति माध्यमिक विद्यालय मालारानी गाउँपालिका-५ बाँगीको हीरक मोहत्सव-२०८१ को सन्दर्भमा फागुन २६ गते महेन्द्र रत्न क्याम्पस ताहचल काठमाण्डौमा बृहत अन्तक्रिया कार्यक्रम हुने भएको हो ।

विद्यालयको बैशाख ३ गते आयोजना हुने हीरक महोत्सवको सन्दर्भमा मालारानी-५ बाँगी साबिक अर्घा-३मा जन्म भइ हाल काठमाडौमा पेशा,ब्यवसाय,जागीर,अध्ययन एवं बसोवास गर्ने ब्यक्तित्वहरुको बिचमा बृहत अन्तक्रिया कार्यक्रम आयोजना गर्न लागिएको शान्ति माध्यमिक विद्यालयका प्रधान प्राध्यापक मान ब. पाण्डेले बताए । 

यस अघि फागुन १९ गते बुटवल स्थित नविन औद्योगिक कदर बहादुर रीता मा.वि. देविनगरको सभाहलमा विद्यालयको हीरक महोत्सव सम्वन्धि अन्तर्क्रिया कार्यक्रममा मालारानी-५. कर्णमारे निवासी स्व.गुन वहादुर खड्काको छोरा स्व. चेत बहादुर खड्काको स्मृनिमा मुहाँकी श्रीमति लिल कुमारी खड्का लगायत घरपरिवारबाट १लाख ११हजार १सय ११ अक्षयकोषको स्थापना भएको थियो । 

मालारानी-५ भिरमुनी निवासी छोरा खिमानन्द आचार्य/श्रीमति टिकादेवी आचार्यबाट स्व. चोपनारायण आचार्यको स्मृतिमा ५१ हजार १ सय ५० अक्षयकोष स्थापना भएको थियो ।

यसैगरी मालारानी-५. भण्डार निवासी छोराहरु किशोर आचार्य ओमप्रकाश आचार्य श्रीमति मनि आचार्यबाट स्व. विर बहादुर आचार्यको स्मृतिमा ५० हजार ५ सय गरि तीन वटा अक्षयकोष को स्थापना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्