मालारानी मन्दिरमा भक्तजनको घुइँचो, १० हजारभन्दा बढीले गरे दर्शन

| २०८० फागुन २५ गते २०: ०० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची। अर्घाखाँचीको मालारानी गाउँपालिका-३ मालारानी मन्दिरमा १० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । 

शुक्रबार (आज) महाशिवरात्रि पर्वका अवसरमा मालारानी मन्दिर बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो। १० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर बस्नेतले जानकारी दिए । 

जिल्लाको प्रसिद्ध तीर्थस्थल मध्य एक मालारानी मन्दिर हो । उनका अनुसार अधिकांश जिल्लाबाट मालारानी दर्शन गर्न भक्तजन आएका हुन ।

कपिलवस्तु दाङ  र बुटवल बाट पनि भक्तजन मालारानीको दर्शनमा आएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्