शान्ति मा वि बागिकाे हिरक महाेत्सवकाे पुर्व सन्धायामा काठमाडौं काे महेन्द्ररत्न क्याम्पस मा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० फागुन २६ गते १९: २४ मा प्रकाशित

पूजा केसि,मालारानि ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न.५बाँगी शान्ति माविको २०८१बैशाख ३गते  हुने ऐतिहासिक हिरक महोत्सवको तयारी स्वरूप आज काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचलमा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।
  
   कार्यक्रममा डिलाराम आचार्य ,सांसद बिजुला रायमाझी ,सुशीला सिर्पाली ,नेता नरेन्द्र कुमार क्षेत्री ,वडा अध्यक्ष तिलक मिश्र ,प्रअ मानबहादुर पाण्डे ,पुर्व वडा अध्यक्ष शोभाखर भुसाल र काठमाडौंमा  बस्ने शान्ति माविका पुर्व विद्यार्थी लगायत शिक्षासँग सरोकार राख्ने छिमेकी भेगबाट काठमाडौं  आएर विभिन्न पेशा ब्यबसाय गर्नेको बाक्लो उपस्थित थियोे ।

समग्रमा यस्ता कार्यक्रमले सम्बन्ध स्थापित र विभिन्न सुझाव सल्लाहले विद्यालयको हित हुनेछ आउदै  गरेको हीरक महोत्सव भब्य रूपमा सम्पन्न गर्न  सबै आआफ्नो ठाउँबाट लाग्ने  भन्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्