रामेछापमा मनोपरामर्श तालिम

| २०७८ असार १६ गते १९: ३१ मा प्रकाशित

रामेछाप ।रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भयो । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला ,महिला स्बास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा  मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्बास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अबस्थामा पनि सामाजिक दुरि कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताउनु भयो ।

 मनोपरामर्श तालिम

 

 मनोसामाजिक परामर्शका  कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका  सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता पनि जनाउनु भयो  । तालिमको सहजिकरण मनोविद् गोपाल ढकालले गरेका थिए । 

रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा , यौन दुर्व्यवहार , अपराधका कतिपय  घटनाहरु मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत रामचन्द्र लामगादेले अहिलेको अबस्थामा  कार्यक्रम अति नै समय सान्दर्भिक भएको ,रामेछाप नगरपालिका भित्र पहिलो पटक यस्तो प्रकारको तालिकको आयोजना गरिएको र आगमी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्नु आबस्यक रहेको औल्याउनु भयो । कार्यक्रममा पचास जना भन्दा बढिको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्