राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर सुपर नेसनल नेपालको उपाधि

| २०८१ बैशाख २७ गते १४: ५३ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटि प्रजेन्टअन्तर्गत मिस्टर सुपर नेसनल नेपाल २०२४ को उपाधि जितेका छन् । धिरोजले यही वैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपर नेसनल नेपालको उपाधि जितेका हुन् । 

योसँगै उनले आउँदो जुनमा पोल्यान्डमा हुने मिस्टर सुपर नेसनल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन् । त्यसका निम्ति धिरोज जुन २२ मा त्यसतर्फ प्रथान गर्नेछन् ।

उनले यसअघि ब्युटि प्रजेन्टअन्तर्गतकै मिस्टर नेपाल नेसन्स २०२३ को उपाधि जितेका थिए ।

धिरोज नेपाली राष्ट्रिय भलिबल खेलाडी हुन् । सन् २०२३ चीनमा भएको एसियन्स गेम्समा बहराइनविरुद्ध ‘डेब्यु’ गरेका थिए । उनले काभा भलिबल प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

उनले सन् २०२२ मा नेपाली राष्ट्रिय यू–२३ टिमको कप्तानी समेत गरिसकेका छन् । बांगलादेशमा भएको उक्त काभामा धिरोजले टिमको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्