महिला सशस्त्र प्रहरीलाई नै बलात्कार गर्ने युवक पक्राउ

| २०७८ पौष १० गते ०८: ४१ मा प्रकाशित

बाँके । सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ परेका छन् । आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।

बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्