गुल्मीकाे रिडिमा हस्त बाट बनेका सामाग्रीहरु पुराउन कुमारी प्रधान लाई भ्याइ नभ्याइ

| २०७८ माघ २१ गते १७: ३३ मा प्रकाशित

चुरामणि तिमिल्सिना रिडि। गुल्मीको रुरु क्षेत्र रिडीमा केही समय अगाडि देखि हस्त बाट बनेका सामाग्रीहरु पुराउन कुमारी प्रधान लाई भ्याइ नभ्याइ छ। गुल्मीको जुभुङमा जन्मियर भारतको दार्जीलिङ निवासी आनान्द प्रधान सित  सम्बन्ध गासियकि कुमारी सित हस्त कलाका विभिन्न  सिपहरु रहेको प्रष्ट भएको छ। रिडी बजारमा करिब ५ महिना देखि सुइटर, टोपी, सजावटका  सामाग्री बच्चाका खेलौनाहरु बनाई बिक्रि गर्दै आएको बताउनु भयो। हुनत यसरी नै बजारमा हस्त सामाग्रीहरु  बनाउने कुनै पसलहरु पनि अहिले सम्म नभएको  देखिन्छ। 

अहिले कुमारी धागाका टोपी सुइट हाइनेक टिसट लगायत सामाग्री निर्माण गरि बजारिकरण पनि गर्दै आउनु भएको छ ।अहिले बजारमा सानो पसल   पनि सन्चालन गर्दै आउनु भएको छ । यता उनको पसल बाट सामाग्री खरिद गरेका दिदी बैनिहरुले राम्रो र गुणस्तरीय भएको देख्दा अन्य छिमेकि लाई समेत यस्ले प्रभाव पारेको गुल्मी अस्लेवा १ कि जानकी   पाण्डेले बताउनु भयो। पाण्डे ले आफू पनि यसरी पहिला टोपी मजा बुन्ने गर्थे र यति फिनिसिङ गर्न  नजान्दा घरमै सिमित भएको बताउनु भयो। राज्यले महिला हरुलाई सिप बिकासका तालिमहरु सन्चालन गर्दा। यस्तै कार्यक्रममा जोड दिन सकेमा समाजका थुप्रै महिला दिदी बैनिहरुले यस्तै सीप सिकि आयार्जनका काममा लाग्ने गर्दा श्रीमानको कमाईमा आस्रित हुन नपर्ने बताउनु भयो । कुमारीले आगामी दिनमा स्थानिय निकायले केही सहयोग गरेमा थप उपकरणहरु खरिद गरि अझै सिलाइ बुनाइ लाई  अगाडी बढाउने बताउनु भयो।    

अहिले यस पसलको मुख्य आकर्षक सजाबट का  रुपमा ऐना सुरुवाल बढी मात्रामा सिक्न आएका र  आफुहरुले सीप सिकि घर व्यवहारमा प्रयोगमा ल्याएको तालिम मा सहभागी सरस्वति र मनिषाले बताए।

प्रतिक्रिया दिनुहोस्