चुरामणि अर्यालकाे परिवारले आमाकाे स्मृतिमा गर्‍याे विभिन्न सहयाेग

| २०७८ माघ २२ गते १६: १६ मा प्रकाशित

किमडाँडा २२ माघ । अर्घाखाँची समाज युराेपका उपाध्यक्ष चुरामणि अर्यालकाे परिवारले आफ्नी आमाकाे १३ औँ दिनकाे पुण्यतिथिमा विपन्न परिवारलाई राहत ( खाद्यान्न ) तथा विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक सहयाेग गरेकाे छ । आमा श्यामकला देवी अर्यालकाे सम्झनामा उक्त सहयाेग गरिएकाे परिवारले जनाएकाे छ । 

सहयाेग

 

चुरामणिका साथै अन्य छाेराेहरू ताेयनारायण अर्याल, कमल अर्याल,गाेपाल अर्याल, छाेरी सारदा अर्याल खनालले संयुक्त रूपमा सहयाेग हस्तान्तरण गरेका हुन् । आमा श्यामकलाकाे ०७४ असार ६ गते ७४ वर्षकाे उमेरमा निधन भएकाेमा तिन भाइ छाेराहरू काेराेना भाइरसका कारण नेपाल आउन सकेका थिएनन् । विदेशमा  रहेका छाेराहरू  चुरामणि, कमल र गाेपालले अहिले रैकिरिया गरेका हुन् ।

 आमाकाे स्मृतिमा परिवारले सात परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेकाे छ । खिमबहादुर खत्री, मेगबहादुर खत्री, राधा पाैडेल, फुर्सी नेपाली, चित्रकला परियार, झुपा कुवँर, र  रामबहादुर कुँवरलाई एक बाेराका दरले चामल, दाल, तेल, नुन वितरण गरिएकाे हाे । यस्तै इश्वरीप्रसाद भुसाल स्मृति भलिबल प्रतियोगिताका लागि १५ हजार रूपैयाँ सहयाेग रकम खेल समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीलाई हस्तान्तरण गरिएकाे छ । सन्धिखर्क ८ किमडाँडामा निर्माणाधीन शिवालय मन्दिरका लागि १० हजार १ सय ५१ रूपैयाँ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गिरि सापकोटालाई प्रदान गरिएकाे छ । 

उपचार सहयाेग

 

क्यान्सरका कारण उपचाररत  खापडाँडाका नारायण पराजुलीलाई उपचार सहयाेग १० हजार भाउजु  सुशीला पराजुलीलाई प्रदान गरिएकाे छ भने अर्का क्यान्सरका विरामी रामबहादुर खत्रीलाई उपचार सहयाेग १० हजार रूपैयाँ स्थानीय समाजसेवी यज्ञ बहादुर खत्रीलाई प्रदान गरिएकाे छ । कार्यक्रममा बाेल्दै  सन्धिखर्क ८ का कार्यवाहक वडा अध्यक्ष नारायण अर्यालले स्वर्गीय श्यामकला देवीकाे परिवारले दु:खी, गरिव तथा समस्यामा परेकाकाे घाउमा मलमपट्टी लगाउने काम गरेकाे भन्दै सबैले यस्तै अनुकरणीय काम गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा पूर्व गाविस अध्यक्ष भरतमणि पाैडेल, वडा सदस्य कमल पराजुली, समाजसेवी नारायण पाैडेल, पानबहादुर खत्री, बाेमबहादुर खत्री, मनाेज सापकाेटा  लगायतकाे उपस्थिति थियाे ।

बुवा आमाकाे स्मृतिमा सहयाेग

 

 युराेप समाजका उपाध्यक्ष अर्यालले यस अघि पनि थुप्रै सहयाेग गर्दै आएका छन् । उनले आफ्ना बुवा आमाकाे स्मृतिमा विभिन्न विद्यालयमा छात्रवृत्ति अक्षय काेष स्थापना गरेका छन् । जनता कृष्ण मावि पकलेमा ४ लाख, भगवति मावि पानडाँडामा १ लाख १० हजार र नुवाकोट मावि चिदिचाैरमा ३ लाख रूपैयाँ छात्रवृत्ति अक्षयकोषका लागि सहयाेग गरेका थिए । अन्य संघ संस्थाका लागि पनि आर्थिक सहयाेग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्